मुख्य सामग्रीमा जानुहोस्

सुनको मूल्य दुई दिनमै १२ हजार २०० रुपैयाँले बढ्यो, ३ लाखको संघारमा

नेपाल सुन तथा चाँदी व्यापारी महासंघका अनुसार दुई दिनको अवधिमा सुनको भाउ १२ हजार २०० रुपैयाँले बढेको हो। सुनको मूल्य ३ लाख रुपैयाँ प्रतितोला नजिक पुगेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

बिहीबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ८ हजार रुपैयाँले बढेको छ। नेपाल सुन तथा चाँदी व्यापारी महासंघका अनुसार दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यस्तो मूल्य २ लाख ८८ हजार थियो भने मंगलबार २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार मात्रै सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेकोमा बिहीबार त्यसभन्दा धेरैले बढेको हो।

चाँदीको मूल्यमा पनि बिहीबार प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ४ हजार ५७० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

निरन्तरको वृद्धिसँगै सुनको मूल्य ३ लाख रुपैयाँ प्रतितोलाको नजिक पुगेको छ। हालको मूल्यबाट सुन ३ लाख रुपैयाँको संघारमा पुग्न प्रतितोला ४ हजार रुपैयाँ मात्र बाँकी रहेको महासंघले जनाएको छ।