मुख्य सामग्रीमा जानुहोस्

खाना पकाउने एलपी ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको भनाइ

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरण…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
खाना पकाउने एलपी ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको भनाइ
Online Khabar

काठमाडौं, ३ भदौ । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति बिस्तारै सहज बन्दै गएको छ। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बुधबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले यो दाबी गरेका हुन्।

प्रवक्ता पोखरेलका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ। कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उनले बताए। उनका अनुसार यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील छ।

बजारमा ग्यासको आपूर्ति सहज हुँदै गइरहेकाले केही समयभित्रै समस्या पूर्ण रूपमा समाधान भई आपूर्ति प्रणाली सुचारु हुने प्रवक्ता पोखरेलको भनाइ छ। आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले आवश्यक पहल गरिरहेको पनि उनले स्पष्ट पारे।