मुख्य सामग्रीमा जानुहोस्

राइजिङ स्टार्स क्रिकेट: पहिलो ओभरमै रसिदको विकेट, पाकिस्तान ‘ए’ विरुद्ध नेपालको सुखद सुरुवात

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध पहिलो ओभरमै विकेट लिएको छ। रसिद खानले ओपनर श्यामल हुसेनलाई क्याच आउट गराएका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
राइजिङ स्टार्स क्रिकेट: पहिलो ओभरमै रसिदको विकेट, पाकिस्तान ‘ए’ विरुद्ध नेपालको सुखद सुरुवात
Nagariknetwork

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध आक्रामक सुरुवात गरेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ ले पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको हो।

नेपालका रसिद खानले खेलको पहिलो ओभरको पाँचौं बलमा पाकिस्तान ‘ए’ का ओपनर श्यामल हुसेनलाई मायन यादवको हातबाट क्याच आउट गराए। आउट हुनुअघि हुसेनले पाँच बलको सामना गर्दै एक छक्का प्रहार गरेका थिए र ६ रन बनाएर फर्किए।

१.२ ओभर सकिँदासम्म पाकिस्तान ‘ए’ ले एक विकेटको क्षतिमा १० रन जोडेको छ। क्रिजमा माज सदाकत र हैदर अली ब्याटिङ गरिरहेका छन्। सदाकतले दुई बलमा एक चौकासहित चार रन बनाएका छन् भने अलीले अझै खाता खोलेका छैनन्।

नेपालका तर्फबाट रसिद खानले एक ओभरमा ६ रन खर्चेर एक विकेट लिएका छन्। नितेश यादवले आफ्नो ओभर सुरु गर्दै दुई बलमा चार रन दिएका छन्।

यो खेल ५० ओभरको फम्र्याटमा खेलाइरहेको छ। यसअघि पाकिस्तान ‘ए’ का कप्तान अब्दुल समदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।