मुख्य सामग्रीमा जानुहोस्

तीन वर्षीया गरिमा चौधरीको अन्त्येष्टि सम्पन्न

गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको गरिमाको शव शनिबार मध्यरात भएको सहमतिपछि परिवारले बुझेको थियो। आइतबार पसाहा खोलामा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

५पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
तीन वर्षीया गरिमा चौधरीको अन्त्येष्टि सम्पन्न
Online Khabar

७ भदौ, बारा । बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ ।

गत मंगलबारदेखि बारा सदरमुकामस्थित कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको गरिमाको शव शनिबार मध्यरात सरकारसँग भएको सहमतिपछि परिवारले बुझेको थियो । बुधबारदेखि बालिकाको हत्याविरुद्ध भइरहेको सडक संघर्ष सोही सहमतिपछि स्थगित भएको हो ।

कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा गरिमाको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो । उनका बुबा मनोज चौधरीले दागबत्ति दिएका थिए ।

सरकारसँग सहमति जुटाउन शनिबार साँझ काठमाडौं गएका गरिमाका बुबा मनोज र आमा मानमती चौधरी आइतबार मध्यान्ह फर्किएपछि कलैया अस्पतालबाट शव लगिएको थियो ।

अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी थिए ।