सिरहा जिल्लामा विद्युत् करेन्टका कारण एक युवकको ज्यान गएको छ।
जिल्लाको नवराजपुर गाउँपालिका–४, नवराजपुर टोलका २८ वर्षीय पशुपती शर्माको आइतबार बिहान निधन भएको हो।
आफ्नै खेतमा राखिएको विद्युतीय पानी तान्ने मोटरबाट शर्मालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।







