मुख्य सामग्रीमा जानुहोस्

बाढीपछि पशुजन्य रोग फैलिन नदिन मन्त्री चौधरीको निर्देशन

मन्त्री चौधरीले बाढीका कारण पशुचौपायाको आवतजावत र सम्पर्क बढ्न सक्ने भन्दै संक्रामक रोगको जोखिमबाट बच्न विशेष निगरानी अपनाउन निर्देशन दिएकी छन्। विशेषगरी रसुवा, नुवाकोट र धादिङमा विशेष टोली परिचालन गरी पशु…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बाढीपछि पशुजन्य रोग फैलिन नदिन मन्त्री चौधरीको निर्देशन
Nagariknetwork

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै तत्काल रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिएकी छन्।

बाढीका बेला पशुचौपायाको आवतजावत र आपसी सम्पर्क बढ्ने भएकाले संक्रामक रोग फैलिन सक्ने जोखिम रहन्छ। सोही जोखिमलाई मध्यनजर गर्दै मन्त्री चौधरीले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन निर्देशन दिएकी हुन्।

विशेषगरी रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यसम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य अघि बढाउन पशु सेवा विभागलाई उनले भनेकी छन्।

विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने मन्त्री चौधरीको भनाइ छ। सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिएकी छन्।