मुख्य सामग्रीमा जानुहोस्

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुने चारको सनाखत, १२ घाइते उपचाररत

पोखरा महानगरपालिका–२८ कालिकास्थानस्थित शान्ति मैदानमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान खुलेको छ। दुर्घटनामा घाइते भएका १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुने चारको सनाखत, १२ घाइते उपचाररत
Nagariknetwork

पोखरा महानगरपालिका–२८ कालिकास्थानस्थित शान्ति मैदानमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेमध्ये चार जनाको सनाखत भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया शुभेच्छा तिवारी छन्।

प्रतिष्ठानका अनुसार सोही दुर्घटनामा नामथर नखुलेकी करिब १५ वर्षीया एक किशोरीको पनि मृत्यु भएको छ। उनको पहिचान भने अझै खुल्न सकेको छैन।

दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेल सघन उपचार कक्ष (आईसीयू) मा राखिएको अस्पतालले जनाएको छ।

घाइते हुनेहरू

अस्पतालका अनुसार उपचाररत घाइतेहरू यी हुन् :

  • सोनिया तिवारी, १३ वर्ष

  • स्नेहा खत्री, १४ वर्ष

  • अंकित पराजुली, १३ वर्ष

  • स्नेहा तिवारी, १५ वर्ष

  • स्मृति खत्री, १५ वर्ष

  • सुप्रिया आचार्य, १४ वर्ष

  • मेरिना तिवारी, १५ वर्ष

  • आकृति बुढाथोकी, १४ वर्ष

  • अर्जुन शाही, ३१ वर्ष

  • यमन मगर, १६ वर्ष

  • तुलबहादुर गुरुङ, ५७ वर्ष

  • दुर्घटना कसरी भयो

    सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको विद्यालयको बस पोखरा महानगरपालिका–२८ स्थित ओख्लेको भीरबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा विद्यालय जाँदै गरेका विद्यार्थी र स्थानीयवासी समेत परेका थिए।

    प्रारम्भिक विवरणअनुसार दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक जना स्थानीय सवार थिए। दुर्घटनापछि घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।