मुख्य सामग्रीमा जानुहोस्

पोखरा विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन उडाउन रोक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पुरानो पोखरा विमानस्थलको हवाई आवागमन क्षेत्र र आसपास चङ्गा, ड्रोन, बेलुन उडाउन एवं लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । सूचनाको अवज्ञा गरे प्रचलित कानुनबमोजिम कडा कारबाही हुने नागरिक…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
पोखरा विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन उडाउन रोक
Online Khabar

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल (पुरानो विमानस्थल) को हवाई आवागमन हुने तथा त्यसको आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । यस्ता गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर असर पार्ने भएकाले सबैमा सार्वजनिक रूपमा सूचना जारी गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

विमानस्थल आसपासको क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधि पनि उडान सुरक्षाका लागि जोखिमपूर्ण मानिएका छन् । यस्ता कामले चराचुरुङ्गी तथा वन्यजन्तुको गतिविधि बढाई विमानको उडान र अवतरणमा असर पार्न सक्ने भएकाले फोहोरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

कडा कारबाहीको चेतावनी

जारी गरिएको सूचनाको अवज्ञा गर्दै उल्लेखित गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।