मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी प्रभावितका लागि त्रिवेणी समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख सहयोग

त्रिवेणी समूहले रसुवा बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। समूहका अध्यक्ष सुभाष चन्द्र संघईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी प्रभावितका लागि त्रिवेणी समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख सहयोग
Online Khabar

त्रिवेणी समूहले रसुवा बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

अग्रणी व्यावसायिक घरानाका रूपमा रहेको त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले सो रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई तथा साकेत संघई पनि उपस्थित थिए।

बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले उक्त क्षेत्रमा जनधनको ठूलो क्षति पुर्‍याएको छ। हालैका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट देशका विभिन्न भागमा क्षति भएका बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग उपलब्ध गराएको जनाएको छ।