मुख्य सामग्रीमा जानुहोस्

पोखरामा सडकमा बगेको भेलले आमा–छोरीको ज्यान लियो

वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ। स्कुटरमा यात्रा गर्दै गर्दा उनीहरू भेलमा परेका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पोखरामा सडकमा बगेको भेलले आमा–छोरीको ज्यान लियो
Online Khabar

पोखरा महानगरपालिका–३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीको भेलमा बगेर मृत्यु भएको छ। शुक्रबार साँझ वर्षापछि सडकको नालीमा आएको भेलले उनीहरूलाई बगाएको थियो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दिएको जानकारीअनुसार सुष्मा र रानी ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। स्कुटर साइडमा राख्ने क्रममा बालिका रानीलाई भेलले एकाएक नालीमा पुर्‍याएको थियो।

छोरीलाई जोगाउन आमा पनि नालीतिर पुगेकी थिइन्। भेलले आमा–छोरी दुवैलाई बगाएर करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको अधिकारी बरालले बताए। पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट उनीहरूलाई अचेत अवस्थामा उद्धार गरियो।

उद्धारपछि दुवैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा आमाको शुक्रबार राति मृत्यु भयो भने छोरीको शनिबार बिहान मृत्यु भएको प्रशासनले जनाएको छ।