मुख्य सामग्रीमा जानुहोस्

वान स्टेप फाउन्डेसनद्वारा भोटेकोशी बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

भोटेकोशी नदीको विनाशकारी बाढीपछि उद्धार तथा राहतमा सघाउन अमेरिकास्थित वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थापक बाल जोशीले टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई चेक हस्तान्तरण गरेका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
वान स्टेप फाउन्डेसनद्वारा भोटेकोशी बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग
Online Khabar

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यलाई सघाउन अमेरिकास्थित परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ उपलब्ध गराएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुर्‍याउने गरी हस्तान्तरण गरिएको हो।

टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावक बाल जोशीले टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

चेक बुझेपछि महावाणिज्यदूत अधिकारीले संस्थाप्रति आभार व्यक्त गरे। उनले विपत्तिको घडीमा नेपाल सरकार र प्रभावित नागरिकलाई सहयोग गरेकोमा जोशीलाई धन्यवाद दिँदै यस्तो सहयोगले अरूलाई पनि आफ्नो मातृभूमिका लागि काम गर्न प्रेरणा मिल्ने बताए।

जोशीले जन्मभूमिप्रतिको दायित्व सम्झेर फाउन्डेसनका तर्फबाट सहयोग गरिएको जानकारी दिए। साथै, उनले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावितको उद्धार तथा राहतमा सहभागी हुन आग्रह गरेका छन्।

जोशीले ७७७ म्याराथन भनेर चिनिने विश्व म्याराथन च्यालेन्जमा कीर्तिमान कायम गरेका छन्। यसअघि पनि उनले विभिन्न सामाजिक तथा मानवीय कार्यमा दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन्।