मुख्य सामग्रीमा जानुहोस्

विजयादशमीमा नेपालका लागि टीकाको साइत बिहान १०:२६, २३ देशका लागि छुट्टाछुट्टै समय

बडादशैंअन्तर्गत विजयादशमी बुधबार परेको छ र नेपालमा टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । विदेशमा बस्ने नेपालीका लागि भने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले छुट्टै मिति तथा समय तोकेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
विजयादशमीमा नेपालका लागि टीकाको साइत बिहान १०:२६, २३ देशका लागि छुट्टाछुट्टै समय
Online Khabar

काठमाडौं । बडादशैंअन्तर्गत यस वर्षको विजयादशीमा नेपालभित्र टीका ग्रहण गर्न उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । विजयादशी बुधबार परेकाले सोही समयमा टीका लगाउनुपर्ने भएको हो ।

नेपालबाहिर रहेका नेपालीका लागि भने यो समय लागू हुँदैन । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीको सुविधालाई ध्यान दिँदै समितिले देशैपिच्छे अलग–अलग मिति र समय निर्धारण गरेको हो ।

साइत कसरी तय हुन्छ ?

टीकाको साइत तोक्दा सम्बन्धित स्थानको सूर्योदयको समय र दशमी तिथिलाई आधार मानिन्छ । यही कारण एउटा देशमा टीका लगाउने बेला अर्को देशमा फरक दिन वा फरक घडीमा पर्ने गरेको छ ।

उदाहरणका लागि नेपालमा ४ कात्तिक (२१ अक्टोबर) मा टीका पर्दा अमेरिकामा त्यतिबेला २० अक्टोबर चलिरहेको हुन्छ र साइत पनि सोही मितिमा रहेको छ । त्यसैले विदेशमा रहने नेपालीले आफ्नो देशका लागि तोकिएको मिति र समयअनुसार टीका लगाउनुपर्ने हुन्छ ।

समितिले विभिन्न देशका लागि फरक–फरक साइत निकाल्ने गर्छ र यस वर्षका लागि पनि देशगत उत्तम साइतको मिति तथा समय सार्वजनिक भइसकेको छ ।