स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ९ सय र चाँदी रु ४० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघले आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ।
त्यसैगरी, एक तोला चाँदीको भाउ ४ हजार २४० रुपैयाँ रहेको छ। गत शुक्रबार भने सुन २ लाख ८२ हजार १ सय र चाँदी ४ हजार २ सयमा कारोबार भएको थियो।

