मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा राप्ती खोलाको बहावमा परी एक वृद्धको मृत्यु भएको छ। मृतक मनहरी गाउँपालिका–४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा हुन्।
मंगलबार बिहान सवा सात बजेतिर रुम्बालाई राप्ती खोलाले बगाएको थियो। खोलाले मानिस बगाएको सूचना पाएलगत्तै नेवारपानीबाट प्रहरी टोली खोजतलासका लागि परिचालित भएको थियो।
खोजीका क्रममा बस्तीपुरको पुलभन्दा करिब ५०० मिटर तल राप्ती खोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।







