एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्धको खेलका क्रममा गरेको इशाराप्रति अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान महिला टोलीकी कप्तान फातिमा सानालाई कारबाही गरेको छ। भारत र पाकिस्तानबीच भएको सो खेलका दौरान मैदानमा फातिमाले गरेको इशारा नै कारबाहीको आधार बनेको हो।
महिला एसिया कपको यस खेलमा पाकिस्तानी टोलीको नेतृत्व गरिरहेकी फातिमाले गरेको उक्त इशारालाई आईसीसीले कारबाहीको दायरामा ल्याएको हो। उनलाई कस्तो कारबाही गरिएको हो भन्नेबारे भने आधिकारिक विवरण आइसकेको छैन।







