मुख्य सामग्रीमा जानुहोस्

राहदानी मुद्रण प्रकरणमा भेरिडोसलाई धरौटीबिना साधारण तारिखमा राख्न आदेश

विशेष अदालतले राहदानी छपाइ प्रकरणमा जर्मन कम्पनी भेरिडोसविरुद्धको मुद्दामा धरौटी नलिई साधारण तारिख तोकेको छ । कम्पनीका प्रतिनिधि अदालतमा उपस्थित भएपछि न्यायाधीशहरूको इजलासले यस्तो आदेश दिएको हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
राहदानी मुद्रण प्रकरणमा भेरिडोसलाई धरौटीबिना साधारण तारिखमा राख्न आदेश
eKantipur

काठमाडौँ । नेपाली राहदानी मुद्रणको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई विशेष अदालतले धरौटी नलिई साधारण तारिखमा छाड्न आदेश दिएको छ । राहदानी छपाइ अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका सदस्य नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठ रहेको इजलासले बयान र थुनछेक बहस सकिएपछि कम्पनीका प्रतिनिधिलाई धरौटी नमागी साधारण तारिखमा राख्ने आदेश गरेको हो । मुद्दा दायर भएपछि भेरिडोसले आफ्नो तर्फबाट अदालतमा उपस्थित हुन नेपाली प्रतिनिधिलाई अख्तियारनामा दिएको थियो । सोही व्यक्ति विशेष अदालतमा उपस्थित भएपछि इजलासले कुनै धरौटी नलिई साधारण तारिखमा छाड्ने आदेश दिएको हो ।

अख्तियारले पासपोर्ट छपाइमा भ्रष्टाचार भएको दाबी गर्दै राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतले यो आदेश जारी गरेको हो ।