मुख्य सामग्रीमा जानुहोस्

भदौ १० को बाढीले बगाएको पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालनमा, त्रिशूली वारपार सहज

रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त बनाएको पिमलटार–जागाराम झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको छ । यससँगै करिब एक महिनादेखि त्रिशूली वारपारमा सास्ती भोग्दै आएका नुवाकोट र धादिङका स्थानीयलाई केही…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भदौ १० को बाढीले बगाएको पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालनमा, त्रिशूली वारपार सहज
Online Khabar

नुवाकोट । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले बगाएको पुल पुनः सञ्चालनमा आएको छ । यससँगै करिब एक महिनादेखि त्रिशूली वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयलाई केही राहत मिलेको छ ।

भदौ १० को बाढीले क्षति पुर्‍याएको नुवाकोटको बेलकोटगढी र तारकेश्वर–२ जोड्ने पिमलटार–जागाराम झोलुङ्गे पुल तारकेश्वर गाउँपालिकाको सक्रियता तथा प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

जिल्लामा त्रिशूली वारपार गर्ने अन्य कुनै विकल्प नरहेपछि स्थानीय सरकारको आग्रहमा प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन बृज डिभिजन ललितपुरले पुल पुनर्निर्माण गरेको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए ।

धादिङको सिमानासँगै रहेको यो स्थानमा पुल सञ्चालनमा आएपछि नुवाकोटसहित धादिङ जिल्लाका नागरिकलाई सुविधा पुगेको छ । यसअघि बाढीबाट बचेको गल्छीस्थित एक मात्र मोटरेबल पुलको भरमा नुवाकोट, धादिङ र रसुवाका नागरिक आवतजावत गर्दै आएका थिए ।

झोलुङ्गे पुल सञ्चालनमा आएपछि मोटरसाइकलसम्म वारपार गर्न सहज भएको छ । त्रिशूलीपारिका गाउँमा बढ्दै गएको दैनिक उपभोग्य सामग्रीलगायत अन्य अभाव पूर्ति गर्न पनि आंशिक रूपमा भए पनि सहजता आएको छ ।

क्षतिको तथ्यांक

विनाशकारी भोटेकोशी बाढीका कारण त्रिशूली नदी र यससँग जोडिएका अन्य सहायक नदीमा गरी कुल ७४ वटा पुल पूर्ण रूपमा बगेका वा क्षतिग्रस्त भएका छन् । सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागको तथ्यांकअनुसार रसुवादेखि चितवनसम्मको करिडोरमा पर्ने कुल ३७ वटा मोटरेबल (पक्की) पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ ।