मुख्य सामग्रीमा जानुहोस्

अमेरिका–डेनमार्क–ग्रिनल्यान्ड नयाँ सुरक्षा सम्झौता: अमेरिकाले पाए दुई नयाँ सैन्य अखडाको अनुमति

अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच नयाँ सुरक्षा सम्झौता भएको छ, जसले अमेरिकालाई ग्रिनल्यान्डमा दुई थप सैन्य अखडा बनाउन र विद्यमान अखडा विस्तार गर्न अनुमति दिएको छ । ग्रिनल्यान्डलाई अमेरिकी भूभागमा गाभ्ने राष्ट्रपति…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
अमेरिका–डेनमार्क–ग्रिनल्यान्ड नयाँ सुरक्षा सम्झौता: अमेरिकाले पाए दुई नयाँ सैन्य अखडाको अनुमति
eKantipur

अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच नयाँ सुरक्षा सम्झौता भएको छ, जसले अमेरिकालाई ग्रिनल्यान्डमा दुई थप सैन्य अखडा निर्माण गर्न र पहिलेबाट रहेको अखडा विस्तार गर्न अनुमति दिएको छ । यही सम्झौतासँगै ग्रिनल्यान्डलाई अमेरिकी भूभागमा गाभ्ने राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाबाट उत्पन्न तनाव तत्कालका लागि कम भएको छ ।

ट्रम्पले सन् २०१९ अगस्टमा आफ्नो पहिलो कार्यकालमै ग्रिनल्यान्ड खरिद गर्ने चाहना पहिलोपटक व्यक्त गरेका थिए । दोस्रो कार्यकालमा राष्ट्रपति बनेर फर्किएलगत्तै उनले पुनः ग्रिनल्यान्डलाई अमेरिकी भूभागमा गाभ्ने योजना सुनाएका थिए । त्यसपछि डेनमार्क र ग्रिनल्यान्डसँग अमेरिकाको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

सैन्य अखडा र नयाँ सुविधा

नयाँ सम्झौताले अमेरिकालाई ग्रिनल्यान्डमा दुई नयाँ सैन्य अखडा बनाउने बाटो खोलेको छ । अमेरिकाले चाहेमा ग्रिनल्यान्डको दक्षिणी भेग नार्सार्सुअक र पूर्वी तट मेस्टर्सभिगममा अखडा निर्माण गर्न सक्नेछ । यसैगरी अहिले कायम रहेको एकमात्र सैन्य अखडा पिटुफिक स्पेस बेसलाई पनि विस्तार गर्ने सहमति भएको छ ।

सम्झौताअनुसार अमेरिकी विमानहरूले ग्रिनल्यान्डमा कुनै अवरोधबिना उडान तथा अवतरण गर्न पाउनेछन् भने अमेरिकी जहाजहरूले ग्रिनल्यान्डको सामुद्रिक जलक्षेत्रमा तैरन पाउनेछन् ।

पुरानो सम्झौताभन्दा फरक

यसअघि सन् १९७१ मा अमेरिका र डेनमार्कबीच ग्रिनल्यान्डको सुरक्षासम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताले अमेरिकालाई ग्रिनल्यान्डमा सैन्य अखडा बनाउने अनुमति दिएको थियो । नयाँ सम्झौताले त्यसभन्दा थप सुविधा अमेरिकालाई उपलब्ध गराएको छ ।