मुख्य सामग्रीमा जानुहोस्

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि

पुराना वामपन्थी नेता घनेन्द्र बस्नेतको बुधबार निधन भएको छ । क्यान्सरपीडित बस्नेत एमालेबाट २०४८ मा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको अन्त्येष्टि भोलि पशुपति आर्यघाटमा हुने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि
Online Khabar

पुराना वामपन्थी नेता घनेन्द्र बस्नेतको बुधबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित बस्नेतको निधनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

बस्नेत एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ बाट र २०५६ मा भोजपुर–१ बाट उनी विजयी भएका थिए ।

नेता बस्नेतको निधनप्रति शोक प्रकट गर्दै एमाले अध्यक्ष ओलीले उनलाई झापा आन्दोलनका योद्धाका रूपमा स्मरण गरेका छन् । नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उनको भनाइ छ । लामो जेल जीवन र यातनाका अनेकौं शृंखला पार गरेपछि नै आजको समाजले लोकतान्त्रिक अधिकार उपभोग गर्न पाएको उल्लेख गर्दै ओलीले ती कष्टपूर्ण दिन सम्झिएको बताएका छन् । बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना सङ्घर्ष र योगदानका कारण उनी इतिहासमा सधैँ सम्मानपूर्वक सम्झिने ओलीले जनाएका छन् ।

झापाबाट संसद्सम्म

२००९ साल असोज २५ मा जन्मिएका बस्नेत झापा आन्दोलनमा संलग्न भएर राजनीतिमा समाहित भएका थिए । पछिल्लो समय एमाले विभाजन भएपछि उनी माधवकुमार नेपालसँगै गएर नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए । त्यसपछि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुँदा भने उनी घनश्याम भुसालसँगै नेकपा संयुक्तमा लागेका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि हुने नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् । अन्त्येष्टिअघि आर्यघाटमै शोकसभा आयोजना गरिने पनि भुसालले बताएका छन् ।