भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्। आइतबार साँझ नयाँदिल्लीस्थित ताज महल होटलमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत उनले यो प्रतिक्रिया दिएका हुन्।
दुईदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहसँगको यो पहिलो औपचारिक भेटवार्ता रहेको जनाइएको छ। भेटवार्तापछि सामाजिक सञ्जाल ‘एक्स’ मा जयशंकरले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।
उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने प्रधानमन्त्री शाहको भेटवार्ता तथा त्यसअघि तय भएका कार्यक्रमको आफू प्रतीक्षामा रहेको पनि सामाजिक सञ्जालमार्फत जनाएका छन्।
प्रधानमन्त्री शाहको यो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तालाई दुई देशबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।







