मुख्य सामग्रीमा जानुहोस्

स्याङ्जा सहयोग समाज कतारद्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान हरी पाण्डे सम्मानित

दोहा, कतार — स्याङ्जा सहयोग समाज कतार द्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) सम्मानित भएका छन् । स्याङ्जा सहयोग समाज, भिरकोट नगर इकाइको आठौँ स्थापना दिवस तथा पाँचौँ अधिवेशनको अवसरमा…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

स्याङ्जा सहयोग समाज कतारद्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान हरी पाण्डे सम्मानित

दोहा, कतार — स्याङ्जा सहयोग समाज कतार द्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) सम्मानित भएका छन् । स्याङ्जा सहयोग समाज, भिरकोट नगर इकाइको आठौँ स्थापना दिवस तथा पाँचौँ अधिवेशनको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो।

पूर्व कप्तान पाण्डेले स्याङ्जा सहयोग समाज कतारको निमन्त्रणामा कतारमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०२५ मा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेका थिए। सो प्रतियोगिता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा पर्वत समाज कतारले आयोजना गरेको थियो।

समाजले उनलाई मायाको चिनोसहित रु. ५१,००० नगद पुरस्कार प्रदान गरेको थियो। साथै, भिभिरकोट इकाइ, हरिनास इकाइ, अर्जुन चौपारी इकाइ र वालिङ इकाइले पनि संयुक्त रूपमा मायाको चिनो सहित रु. १०,००० का दरले चारवटै इकाइबाट रु. ४०,००० नगद प्रदान गरेका थिए। साथै, स्याङ्जा सहयोग समाज कतारकी संरक्षक एवं अभियन्ता माया केसीले पनि उनलाई मायाको चिनो सहित रु. ५०,००० नगद प्रदान गरेकी थिइन्।

समारोहमा स्याङ्जा सहयोग समाज कतारका संरक्षक, सल्लाहकार, विभिन्न इकाइका प्रतिनिधिहरू तथा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले हरी पाण्डेको खेलकुदमा देखिएको समर्पण, अनुशासन र सफलता प्रशंसनीय रहेको भन्दै उनको उज्ज्वल भविष्यको कामना गरेका थिए।