नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य पदका उम्मेदवारको मतगणना आज सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना ललितपुरस्थित बिपी स्मृति भवनमा हुनेछ । जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको समितिले जनाएको छ ।
मतगणनाको व्यवस्थापनबारे समितिले आइतबार सूचना जारी गर्दै सम्बन्धित सबै उम्मेदवारलाई जानकारी गराएको छ । सोही सूचनाअनुसार मतगणनाका क्रममा केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो सट्टामा प्रतिनिधि पठाउन पाउने छैनन् ।
यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिका पदका लागि मतगणना शुक्रबार राति ९ बजेदेखि सुरु भएको थियो ।







