मुख्य सामग्रीमा जानुहोस्

कांग्रेस भनेर गगन नेतृत्वको पार्टीलाई मात्रै चिनिएको छ : निश्कल राई

सभापति गगन कुमार थापाको नेतृत्वमा रहेको पार्टीलाई नै आम नागरिकले नेपाली कांग्रेसका रूपमा चिनेको प्रमुख सचेत निश्कल राईको दाबी छ। बैठकमा संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकको विश्वास जित्ने विषयमा केन्द्रित छलफल…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कांग्रेस भनेर गगन नेतृत्वको पार्टीलाई मात्रै चिनिएको छ : निश्कल राई
Online Khabar

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम नागरिकले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापाको नेतृत्वमा रहेको पार्टीलाई मात्रै चिन्ने गरेको जिकिर गरेका छन्। बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अब लामो समय नलाग्ने गरी गाउँगाउँ र टोलटोलमा पुगेर पार्टी संगठन विस्तारको अभियान सुरु गरिने उनको भनाइ छ। सो क्रममा 'कांग्रेस तयार छ' भन्ने सन्देश जनतासमक्ष पुर्‍याइने र पार्टीमा आबद्ध हुन आउने सबैलाई समेटेर अघि बढ्ने उनले बताए।

पार्टीको झन्डा तथा रुख चिन्ह प्रयोग गरी कुनै कार्यक्रम आयोजना गरिएमा त्यसबारे आफूहरूभन्दा निर्वाचन आयोगले जान्ने विषय हुने पनि उनले उल्लेख गरे।

बैठकमा संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि नागरिकको विश्वास जित्न पार्टी तयार रहेको सन्देश तल्लो तहसम्म पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको राईले जानकारी दिए। केन्द्रीय सदस्यहरूले पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र पार्टीले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा आआफ्ना धारणा राखिरहेको पनि उनले बताए।

निर्वाचनको तयारी

आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेस तयार रहेको सन्देश पनि उनले दोहोर्‍याए। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अब सकिएको उनको दाबी छ।

यसैबीच, केन्द्रीय कार्यसमितिको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।