मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री शाहको भारत भ्रमणमा निजी क्षेत्रका ५२ व्यवसायी सहभागी, नितेश मालपानी पनि सूचीमा

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ उद्योगी–व्यवसायी सहभागी हुने भएका छन्। सूचीमा चर्चामा रहेका नितेश मालपानीको नाम पनि परेको छ। सरकारीतर्फबाट ३४ सदस्य जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
प्रधानमन्त्री शाहको भारत भ्रमणमा निजी क्षेत्रका ५२ व्यवसायी सहभागी, नितेश मालपानी पनि सूचीमा
Nagariknetwork

भारतको दुईदिने राजकीय भ्रमणमा आइतबार प्रस्थान गर्ने तयारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँगै निजी क्षेत्रका ५२ उद्योगी–व्यवसायी पनि नयाँदिल्ली पुग्ने भएका छन्। उनीहरू सरकारी टोलीभन्दा अलग समूह बनाएर जान लागेका हुन् र भ्रमणको सम्पूर्ण खर्च आफैँले व्यहोर्ने बताइएको छ।

भ्रमणमा सहभागी हुने व्यवसायीको सूचीमा नितेश मालपानीको नाम पनि छ। निर्वाचन प्रचारका बेला प्रधानमन्त्री शाहले प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडीका कारण यसअघि चर्चामा आएका मालपानी अहिले भारत जाने निजी क्षेत्रको टोलीमा समेटिएपछि यस विषयमा थप चासो देखिएको छ। सो गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता रहेको थियो भने कम्पनीका लगानीकर्ता कमल मालपानीले आफ्नो कम्पनीले नै शाहलाई गाडी उपलब्ध गराएको स्वीकार गरेका थिए।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार भ्रमणमा सरकारी पक्षबाट ३४ सदस्य रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

यसैबीच भ्रमणको अवसर पारेर नेपाल र भारतका निजी क्षेत्रका प्रतिनिधिबीच व्यावसायिक सम्मेलन पनि आयोजना हुने भएको छ। उक्त सम्मेलनमा लगानीका सम्भावना, व्यापार विस्तार तथा आर्थिक सहकार्यका विषयमा छलफल गरिने जनाइएको छ।

भ्रमणमा सहभागी हुने व्यवसायीको नामावली

  1. अञ्जन श्रेष्ठ

  2. भवानी राणा

  3. कृष्णप्रसाद शर्मा

  4. डा. गोपालप्रसाद तिवारी

  5. सुनिता न्हेमाफुकी

  6. बटु लामिछाने

  7. उज्ज्वल श्रेष्ठ

  8. सागर ढकाल

  • निरज काफ्ले

  • शिवकुमार अग्रवाल

  • वीरेन्द्रराज पाण्डे

  • राजेशकुमार अग्रवाल

  • निर्वाण चौधरी

  • राजबहादुर शाह

  • कमलेशकुमार अग्रवाल

  • दीपककुमार मल्होत्रा

  • खिमनारायण पराजुली

  • कुनाल कायल

  • सुनिल केसी

  • करण चौधरी

  • मोहनकुमार डाँगी

  • गणेश कार्की

  • पुष्कर पौडेल

  • विभूषण विष्ट

  • पशुपतिदेव पाण्डे

  • अर्जुनकुमार श्रेष्ठ

  • शोभा गुरुङ

  • गोविन्दप्रसाद घिमिरे

  • सरोज श्रेष्ठ

  • रवीन्द्र शाक्य

  • सुरेन्द्रकुमार उप्रेती

  • विनायक शाह

  • सागर पाण्डे

  • भरतजंग पाण्डे

  • दर्शना श्रेष्ठ

  • डिकिला शेर्पा लामा

  • बलराम गुरुङ

  • सचिन ढकाल

  • नितेश मालपानी

  • कल्याण गुरुङ

  • टुकप्रसाद पौडेल

  • जीवानाथ लामिछाने

  • दिरेकलाल श्रेष्ठ

  • अनुप आचार्य

  • नरेश दास

  • यमुना श्रेष्ठ

  • विष्णुकुमार अग्रवाल

  • दिलीप अग्रवाल

  • सञ्जय काफ्ले

  • दीपक थापा

  • निकोलस पाण्डे

  • राजनकुमार बन