मुख्य सामग्रीमा जानुहोस्

स्थानीय तह निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने एमालेको अडान

प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने र स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने बताए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
स्थानीय तह निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने एमालेको अडान
Online Khabar

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने पनि स्पष्ट पारे ।

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते सकिँदै छ । त्यसैले वैशाखभित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने पार्टीको मान्यता रहेको उनले जानकारी दिए ।

प्रदेशको निर्वाचन आगामी मङ्सिरमा हुने अवस्थामा स्थानीय तहलाई करिब ६ महिनासम्म जनप्रतिनिधिविहीन राख्न नहुने उनको भनाइ छ । यस्तो अवस्थाले राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित पार्ने उनले औँल्याए ।

संविधान संशोधनमा एमालेको धारणा

वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेको महासचिव पोखरेलले बताए । यसको आधारभूत जग खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने उनले प्रस्ट पारे ।