नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उपसभापतिको खुला प्रतिस्पर्धामा उनले ३ हजार ७ सय ३५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
निर्वाचित भएपछि भण्डारीले महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूले आफूलाई दिएको अमूल्य मतको हार्दिक कदर गर्दै आभार तथा धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूप्रति व्यक्त भएको विश्वासको शिर कहिल्यै नझुकाउने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो राजनीतिक यात्रामा सधैँ 'म' भन्दा पनि 'हामी' र 'हाम्रो' भन्ने भावनालाई अगाडि राखेर अघि बढ्ने समेत बताएका छन्। महाधिवेशनमा सहभागी भई देखाइएको विश्वासप्रति कृतज्ञता जनाउँदै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
'म प्रतिबद्ध छु — तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ म होइन, हामी र हाम्रो भन्ने भावनाका साथ अघि बढ्नेछु।'
आश्विन २६ गते सोमबार उनको विजयी भएको जानकारी सार्वजनिक भएको हो।







