मुख्य सामग्रीमा जानुहोस्

असई थमन विक हत्या प्रकरण : जन्मकैदको सजाय पछि सांसद अभिराम शर्माको निलम्बन फुकुवा

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय निर्धारण गरेपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ । प्रदेशसभा सचिवालयले सभामुखबाट निलम्बन…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
असई थमन विक हत्या प्रकरण : जन्मकैदको सजाय पछि सांसद अभिराम शर्माको निलम्बन फुकुवा
Online Khabar

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय निर्धारण गरेपछि निलम्बनमा परेका जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ ।

मधेश प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाद्वारा जारी सूचनाअनुसार सभामुखबाट शर्माको निलम्बन २०८३ असोज २६ गतेदेखि लागू हुने गरी फुकुवा भएको हो । निलम्बन फुकुवा भएसँगै सांसदका रूपमा उनको कामकाजमा लागेको रोक हटेको छ ।

सर्वोच्चको साधारण तारेखपछि फुकुवा

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रहेका शर्मालाई २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो । प्रकरण उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७(२) बमोजिम सर्वोच्च अदालतले उनलाई साधारण तारेख दिएपछि प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको सूचनामा उल्लेख छ ।

सर्वोच्च अदालतको सुविधाका आधारमा दर्ता भएको पुनरावेदन पत्रबमोजिम शर्मालाई साधारण तारेख दिइएको र सोही आधारमा सभामुखबाट निलम्बन फुकुवा गरिएको सचिव कोइरालाले जारी गरेको सूचनामा जनाइएको छ । सर्वोच्चको आदेशपछि उनी साधारण तारेखमा रिहा भएका थिए ।

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय निर्धारण गरेको थियो । सोही प्रकरणमा निलम्बनमा परेका सांसद शर्माको निलम्बन फुकुवाको औपचारिक जानकारी प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको हो ।