मुख्य सामग्रीमा जानुहोस्

एसियाली खेलकुद कराते : कांस्य पदकको खेलमा एरिका गुरुङ एक अंकले पराजित

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको कांस्य पदकका लागि भएको खेलमा नेपालकी एरिका गुरुङ पराजित भएकी छन्। एक अंकको झिनो अन्तरले उनी पदकबाट चुकिन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
एसियाली खेलकुद कराते : कांस्य पदकको खेलमा एरिका गुरुङ एक अंकले पराजित
Nagariknetwork

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको कांस्य पदकका लागि भएको खेलमा नेपालकी एरिका गुरुङ पराजित भएकी छन्। प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा उनी साउदी अरेबियाकी मोस्तफा एससँग ८–७ ले पराजित भइन्।

खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत आठ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट सात अंक बटुलिन्।

एक अंकको झिनो अन्तरमा खेल आफ्नो पक्षमा पार्न नसकेपछि एरिका कांस्य पदकबाट वञ्चित भएकी छन्।