मुख्य सामग्रीमा जानुहोस्

सुदूरपश्चिम खेलको उर्वर भूमि भएको मुख्यमन्त्री भट्टको भनाइ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशलाई खेलको उर्वर भूमि भनेका छन्। महेन्द्रनगरमा आइतबार सम्पन्न तेस्रो वासुदेव स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको समापन समारोहमा उनले यस्तो बताएका हुन्।…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
सुदूरपश्चिम खेलको उर्वर भूमि भएको मुख्यमन्त्री भट्टको भनाइ
Nagariknetwork

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि भएको बताएका छन्। महेन्द्रनगरमा आइतबार सम्पन्न तेस्रो वासुदेव स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रदेशका हरेक खेलमा कुशल प्रतिभा विद्यमान रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई खेलाडी उत्पादनको दृष्टिले उर्वर भूमि भने। उनले प्रदेश सरकारले सार्वजनिक गरेको बजेटले सुदूरपश्चिमको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने पनि बताए। बजेट तयार पार्न दुई महिना लामो मिहिनेत गर्नुपरेको उनको भनाइ थियो।

समापन समारोहमा मुख्यमन्त्री भट्टले प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार हस्तान्तरण गरे।

फाइनलमा झरना सागर विजयी

प्रतियोगिताको फाइनल खेलमा सरस्वती मावि झरना सागरले ओम पुष्पाञ्जलीलाई १–० गोलले हराएको छ। विजेता बनेको झरना सागरले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरी उपविजेता ओम पुष्पाञ्जली स्कुलले ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी भएका थिए। आयोजकका अनुसार सहभागीमध्ये नौवटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयले प्रतिस्पर्धा गरेका थिए।