मुख्य सामग्रीमा जानुहोस्

एसियाली खेलकुद : मीनबहादुर र राकेश कांस्य पदकको प्रतिस्पर्धामा पराजित

नागोया/आइचीमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर कांस्य पदकको प्रतिस्पर्धामा पराजित भएका छन्। तोयाहासी जिम्नाजियममा भएको कांस्यको खेलमा दुवै २-० ले हार बेहोरे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
एसियाली खेलकुद : मीनबहादुर र राकेश कांस्य पदकको प्रतिस्पर्धामा पराजित
Nagariknetwork

नागोया/आइचीमा जारी २०औँ एसियाली खेलकुदको पुरुष कुमुतेतर्फ नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर कांस्य पदकको प्रतिस्पर्धामा पराजित भएका छन्। तोयाहासी जिम्नाजियममा भएको कांस्य पदकको खेलमा ६० केजीमुनि तौल समूहका मीनबहादुर र ५५ केजीमुनि तौल समूहका राकेश दुवैले २-० को समान अन्तरको हार बेहोरे।

राकेशलाई मलेसियाका कालियाना सुन्दरमले हराए भने मीनबहादुरलाई साउदी अरेबियाका अल बसिर बी साउद अब्दुलाजिजसँग पराजय भयो। कांस्य पदकको खेलमा पुग्नुअघि दुवैजना सेमिफाइनलमा पराजित भएका थिए।

सेमिफाइनलमा दुवै पराजित

६० केजीमुनि तौल समूहको सेमिफाइनलमा मीनबहादुर कुवेतका साहब अब्दुल्लाहसँग १०-१ ले पराजित भए। त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा हङकङका हिम चाउलाई ४-१ ले हराएका थिए र क्वार्टरफाइनलमा ताजकिस्तानका मिर्जोजोदा मुहम्मदलाई २-० ले पराजित गरेका थिए। दुई फाइट जितेर सेमिफाइनलसम्म पुगेर उनी एसियाली खेलकुदमा खेल जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

५५ केजीमुनि तौल समूहमा राकेश भने उज्बेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जासँग ७-० ले पराजित भए। खालिमोभले युकीमा दुई अंक र इप्पोनको सहारा लिए, तर राकेशले भने एक अंक पनि जोड्न सकेनन्। यसअघि राकेशले पहिलो राउन्डमा बाइ पाएका थिए भने दोस्रो राउन्डमा थाइल्यान्डका इङ्गलो नाथक्रितलाई ९-० ले हराएका थिए।

राम्रो सुरुआत गर्दै पदकको आशा जगाएका दुवै खेलाडी कांस्य पदकको निर्णायक खेलमा भने सफल हुन सकेनन्।