मुख्य सामग्रीमा जानुहोस्

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा : आर्थिक प्रतिवेदन पारित, भावी कार्यदिशा तय

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी योजना र नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा : आर्थिक प्रतिवेदन पारित, भावी कार्यदिशा तय

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा सम्पन्न भएको छ। सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले गरेका थिए।

सभामा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहलगायतको उपस्थिति रहेको थियो। संघका प्रवक्ता बेनुपराज खत्रीका अनुसार सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी योजना, नीतिगत प्रस्ताव तथा संगठनको भावी कार्यदिशामाथि विस्तृत छलफल भएको थियो।

उक्त छलफलपछि आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको संघले जनाएको छ। उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी एवं बोर्ड सदस्यहरू, चार प्रदेश ब्याडमिन्टन संघका प्रतिनिधि तथा ४१ जिल्ला संघको उपस्थिति रहेको ब्याडमिन्टन संघले जनाएको छ।