मुख्य सामग्रीमा जानुहोस्

तिहार सुरु, आज धनतेरस मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिथिको घटबढका कारण यसपटक यो पर्व पाँचको साटो छ दिन लम्बिनेछ । धनतेरसकै अवसर पारेर नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री जारी राखेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
तिहार सुरु, आज धनतेरस मनाइँदै
Online Khabar

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज घरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर ल्याई पूजा गर्दै धनतेरस मनाइँदै छ ।

त्रयोदशी तिथिकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिने छ भने सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ । भाइटीका भने कात्तिक २५ गते परेको छ ।

कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।

पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस आजै मनाउन लागिएको हो । उनका भनाइअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु हुनेछ र त्यो भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

मिथिलामा दीपमालिका

मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझपख दीपमालिका गर्ने चलन छ । सोही दिन धातुका भाँडाकुँडा र गहना, खरेटो तथा धनियाँलगायतका सामग्री किन्ने प्रचलन पनि यहाँ रहेको छ ।

धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि जारी राखेको छ । बबरमहलस्थित कार्यालयबाट हिजोदेखि सिक्का बिक्री सुरु गरिएको थियो ।