मुख्य सामग्रीमा जानुहोस्

कोशी प्रदेशमा धान रोपाइँ ५५ प्रतिशत मात्र, असार सकिनै लाग्दा सुस्त प्रगति

असार महिना सकिनै लाग्दा कोशी प्रदेशमा धान रोपाइँ ५४.८६ प्रतिशत मात्र सम्पन्न भएको छ। भोजपुरमा ७५ प्रतिशत धान रोपाइँ भएको छ भने धनकुटामा २८ प्रतिशतमा सीमित छ। तराई, मध्यपहाड र उच्च पहाडी क्षेत्रमा फरक फरक प्रगति देखिएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

कोशी प्रदेशमा धान रोपाइँको मुख्य सिजन असार महिना सकिनै लाग्दा कुल खेतीयोग्य क्षेत्रफलको ५४.८६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभर २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टरमा धान खेती हुने गर्छ, जसमध्ये एक लाख ५१ हजार ६ सय १९.३० हेक्टरमा रोपाइँ सकिएको हो।

निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाका अनुसार जिल्लागत रूपमा भोजपुरमा सबैभन्दा धेरै ७५ प्रतिशत र धनकुटामा सबैभन्दा कम २८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। खोटाङमा ७१.३६ प्रतिशत, पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत, झापामा ६१.८० प्रतिशत, सोलुखुम्बुमा ५७.५६ प्रतिशत, उदयपुरमा ५५ प्रतिशत, सुनसरीमा ५२ प्रतिशत, तेह्रथुममा ५१.५८ प्रतिशत, ताप्लेजुङमा ४९ प्रतिशत, ओखलढुंगामा ४७.४६ प्रतिशत, मोरङमा ४६ प्रतिशत र संखुवासभामा ३६ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ।

भौगोलिक क्षेत्रअनुसार तराईमा ५३.६६ प्रतिशत, मध्यपहाडमा ६१.०९ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४२.५३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। बर्देवाका अनुसार केही जिल्लामा पर्याप्त वर्षाले रोपाइँलाई गति दिएको छ भने केही स्थानमा पानीको अभाव र प्रतिकूल मौसमले काममा बाधा पुर्याएको छ।

प्रदेशको तराई क्षेत्रमा १ लाख ९३ हजार २ सय ८५.१८ हेक्टर धान खेतीयोग्य रहेकोमा १ लाख ३ हजार ७ सय १४.२८ हेक्टरमा रोपाइँ भएको छ। मध्यपहाडी क्षेत्रको ६७ हजार ७ सय १७.५८ हेक्टरमध्ये ४१ हजार ३ सय ६६.०७ हेक्टरमा तथा उच्च पहाडी क्षेत्रको १५ हजार ३ सय ८३.९६ हेक्टरमध्ये ६ हजार ५ सय ३८.९६ हेक्टरमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।