मुख्य सामग्रीमा जानुहोस्

अनलाइनबाटै सवारी चालक अनुमतिपत्र लिन र नवीकरण गर्न सकिने

यातायात व्यवस्था विभागले अनलाइनबाटै सवारी चालक अनुमतिपत्र (ईलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण गर्न सकिने व्यवस्था गरेको छ। सेवाग्राहीले राष्ट्रिय परिचयपत्र र नागरिक एपको क्यूआर स्क्यानर प्रयोग गरी फारम भर्न…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

यातायात व्यवस्था विभागले अनलाइनमार्फत सवारी चालक अनुमतिपत्र (ईलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिने र नवीकरण गर्ने सेवा सुरु गर्ने भएको छ। विभागले बिहीबार सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि यो सेवा लागू हुने जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्नेछन्। फारम भर्नका लागि राष्ट्रिय परिचयपत्र र नागरिक एपमा रहेको क्यूआर स्क्यानर प्रयोग गरी अटोफिल सुविधा उपलब्ध गराइएको छ। सातै प्रदेशका लागि अनलाइन फारम भर्ने वेब ठेगाना पनि विभागले सार्वजनिक गरेको छ।

सेवा सम्बन्धी समस्या, गुनासा वा सुझावका लागि विभागको इमेल तथा प्रदेशगत सम्पर्क इमेल र मोबाइल नम्बर पनि उपलब्ध गराइएको सूचनामा उल्लेख छ।