मुख्य सामग्रीमा जानुहोस्

एनपीएल: आज अन्तिम दुई लिग खेल, चितवन–कर्णाली र पोखरा–काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिगको लिग चरण आइतबार अन्तिम दुई खेलसँगै टुंगिँदैछ। दिउँसो चितवन राइनोजले कर्णाली याक्सको सामना गर्नेछ भने साँझ पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजबिच प्रतिस्पर्धा हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
एनपीएल: आज अन्तिम दुई लिग खेल, चितवन–कर्णाली र पोखरा–काठमाडौं भिड्दै
Nagariknetwork

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरण आइतबार अन्तिम दुई खेलसँगै सकिँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यी दुवै खेलले प्लेअफमा प्रवेश गरिसकेका टोलीहरूको अन्तिम वरीयता निर्धारण गर्नेछ।

दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। सात अंक जोडेर चौथो स्थानमा रहेको चितवनले प्लेअफको टिकट पहिल्यै पक्का गरिसकेको छ। कर्णाली भने अंकतालिकाको सातौँ स्थानमा छ।

साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजको सामना गर्नेछ। आठ अंकसहित तेस्रो स्थानमा रहेको काठमान्डुले आज जित हात पारेमा १० अंक पुग्नेछ र समान १० अंक भएको सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनेछ।

यसअघि विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्सले ११ अंकसहित शीर्ष स्थानमा रहँदै लिग चरणको आफ्नो खेल सकाइसकेको छ।