राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार भएको उक्त भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
भेटका क्रममा नेपाल र जापानबिच लामो समयदेखि रहिआएको सम्बन्ध, दुई पक्षका आपसी हित तथा चासोका विषयमा पनि छलफल भएको प्रवक्ता भण्डारीले बताए।
जापानी संसदीय उपमन्त्री काजुहिरोको यो भेट औपचारिक शिष्टाचार भ्रमणका रुपमा रहेको जनाइएको छ।







