मुख्य सामग्रीमा जानुहोस्

३०३औं पृथ्वी जयन्ती अवसरमा कतारमा ६९ नेपालीले गरे रक्तदान

दोहा, कतार: ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग सञ्जाल कतारले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममार्फत ६९…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

३०३औं पृथ्वी जयन्ती अवसरमा कतारमा ६९ नेपालीले गरे रक्तदान

दोहा, कतार: ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग सञ्जाल कतारले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममार्फत ६९ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा कतारमा सक्रिय वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, र साहित्यिक संघ-संस्थाहरूका प्रतिनिधिहरूसहित दोहावासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सञ्जालका अध्यक्ष खगेन्द्र शाही ठकुरीले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा डेढ सयभन्दा बढी सहभागी भएका थिए।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति नेपाली रक्तदाता संघ, कतारका अध्यक्ष रामजी खत्रीले हार्दिक आभार व्यक्त गरे। रक्तदान गर्ने दाताहरू र मिडियाकर्मीहरूलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।

“रक्तदान गरौं, मानवीय तथा परोपकारी कार्यमा सहभागी हौं” भन्ने नाराका साथ बिहान ८ बजे सुरु भएको रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म चल्यो।

रक्तदानजस्तो पुण्य कार्यमा सरिक हुने सबैप्रति ठकुरी सहयोग सञ्जालले आभार प्रकट गर्दै मानव सेवामा निरन्तर क्रियाशील रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ।