मुख्य सामग्रीमा जानुहोस्

बर्डफ्लु निर्मूलीकरणपछि सदर चिडियाखाना पुनः सञ्चालनमा

गत ५ असारदेखि बन्द रहेको सदर चिडियाखाना बर्डफ्लु निर्मूलीकरणपछि पुनः सञ्चालनमा आएको छ। चिडियाखाना हाल दिवा भ्रमणका लागि बिहान १० देखि बेलुका ४ बजेसम्म मात्र खुल्नेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बर्डफ्लु निर्मूलीकरणपछि सदर चिडियाखाना पुनः सञ्चालनमा

ललितपुरमा रहेको सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणपछि शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। चिडियाखानाका पन्छीमा बर्डफ्लु पुष्टि भएपछि गत ५ असारदेखि बन्द गरिएको थियो।

संक्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न गरिएको चिडियाखाना प्रशासनले जनाएको छ। वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि चिडियाखाना पुनःसञ्चालनमा ल्याइएको हो।

चिडियाखाना हाल दिवा भ्रमणका लागि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुल्ने छ। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पन्छीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ।

यसअघि संक्रमित खोरहरू रातो रिबनले घेरिएका छन्। चिडियाखाना प्रशासनले ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरेको छ।