कान्सास सिटी चिफ्सको अफेन्सिभ कोअर्डिनेटर एरिक बिएनिमीकी पत्नीमाथि गोली प्रहारको घटनाको नयाँ भिडियो सार्वजनिक भएको छ। भिडियोमा गोली चलेपछिको अराजक अवस्था देखाइएको छ।
५७ वर्षीया मिया बिएनिमीलाई गत जुलाई २६ मा भर्जिनियास्थित उनकै घरमा गोली लागेको थियो। एक स्रोतका अनुसार उनको ज्यान जोखिममा नरहेको अवस्था छ।
लाउडुन काउन्टी सेरिफ कार्यालयले जनाएअनुसार, बिएनिमी दम्पतीका २७ वर्षीय छोरा एलिजा सियोन बिएनिमीलाई पक्राउ गरी दुर्भावनापूर्वक घाइते बनाएको, अपराधमा बन्दुक प्रयोग गरेको र घरभित्र बन्दुक प्रहार गरेको अभियोग लगाइएको छ। उनलाई काउन्टीको वयस्क डिटेन्सन सेन्टरमा धरौटीबिना राखिएको छ।
यो घटनाको अनुसन्धान जारी रहेको सेरिफ कार्यालयले जनाएको छ।
