मुख्य सामग्रीमा जानुहोस्

इराकमा मृत्यु हुने नेपालीको शव ल्याउन कठिन, आर्थिक भार थपिँदै

इराकमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढेपछि शव ल्याउन आर्थिक भार थपिएको छ। एउटा शव पठाउन ३२ सय डलर खर्च लाग्ने भएकाले मृतकका परिवारले बेहोर्न नसक्ने अवस्था छ। हालै सिन्धुपाल्चोककी २४ वर्षीया सञ्चमाया लोप्चनको शव…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
इराकमा मृत्यु हुने नेपालीको शव ल्याउन कठिन, आर्थिक भार थपिँदै

पछिल्लो समय इराकमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ्दै गएपछि शव नेपाल ल्याउन आर्थिक भार थपिएको छ। मृतकका परिवारले शव ल्याउन लाखौं रुपैयाँ खर्च गर्न नसक्दा बग्दादमै अत्येष्टि गर्नुपर्ने अवस्था आएको हो।

नेपाली समुदायले सीमित संख्यामा शव भए रकम संकलन गर्न सकिने उल्लेख गर्दै एक जनाले भने, 'एउटा शव पठाउन झन्डै ३२ सय डलर (करिब पाँच लाख रुपैयाँ) लाग्छ। त्यत्रो रकम मृतकका परिवारले कहाँबाट बेहोर्नु?'

गत ३० असारमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की २४ वर्षीया सञ्चमाया लोप्चनको शव बग्दादमै अत्येष्टि गरिएको थियो। उनको शव नेपाल ल्याउन परिवारले निकै प्रयास गरे पनि सफल भएन। मृतकका आफन्तले रोजगारदातासँग पटकपटक समन्वय गरे तर शव फिर्ता हुन सकेन।

सञ्चमायाको मृत्यु हत्या हो कि आत्महत्या भन्ने अझै खुलेको छैन। कुवेतस्थित नेपाली दूतावासलाई स्थानीय प्रहरीले यस घटनामा अनुसन्धान भइरहेको जानकारी दिएको छ।