मुख्य सामग्रीमा जानुहोस्

गणतन्त्रका उपलब्धि जोगाउन प्रगतिशील शक्ति एकजुट हुनुपर्ने प्रचण्डको जोड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकले आर्थिक, सामाजिक र मानवीय विकासमा उल्लेख्य प्रगति गरेको बताए। उनले उत्पीडित वर्ग तथा समुदायले प्राप्त…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि मुलुकको आर्थिक, सामाजिक र मानवीय विकासमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन्। पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रको उपलब्धि जोगाउन प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

प्रचण्डले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिएको छ।’

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले वर्तमान गणतन्त्रात्मक प्रणालीका उपलब्धिलाई सुरक्षित राख्न देशभरका प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।