काठमाडौंको चोभारस्थित जल विनायक मन्दिर नजिक बागमती नदीमा पौडी खेल्ने क्रममा एक पर्यटन गाइड बगेर बेपत्ता भएका छन्। घटना बुधबार भएको हो। बेपत्ता हुनेमा एक पर्यटन गाइड रहेको बताइएको छ।
बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
