मुख्य सामग्रीमा जानुहोस्

मनी लान्ड्रिङ विरुद्धको क्षमता अभिवृद्धि गर्न स्ट्यान्डर्ड चार्टर्ड र एफआईयूको कार्यशाला

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइको सहकार्यमा मनी लान्ड्रिङ र आतंकवाद वित्तपोषण नियन्त्रणसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरिएको छ। कार्यशालामा नियामक निकाय, बैंक,…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) सँगको सहकार्यमा मनी लान्ड्रिङ तथा आतंकवाद वित्तपोषण नियन्त्रणसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ। ‘एन्हान्सिङ एएमएल/सिएफटी/सिपिएफ कम्प्लायन्स इफेक्टिभनेस – अलाइनिङ विथ एफएटिएफ स्ट्यान्डर्डस्’ शीर्षकको पूर्णदिने कार्यशालामा १४० भन्दा बढी सहभागी सहभागी थिए। उनीहरूमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्र बजारका मध्यस्थकर्ता, सहकारी तथा अन्य रिपोर्टिङ निकायका प्रतिनिधिहरू थिए।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार कार्यशाला मुख्यतया मनी लान्ड्रिङ विरुद्धको लडाइँ (एएमएल), आतंकवाद वित्तपोषण नियन्त्रण (सिएफटी) तथा प्रसार वित्तपोषण नियन्त्रण (सिपिएफ) सम्बन्धी अनुपालन प्रणालीलाई सुदृढ पार्ने उद्देश्यले आयोजना गरिएको थियो। सहभागीहरूबीच ज्ञान आदानप्रदान र सहकार्यलाई प्राथमिकता दिइएको थियो।

कार्यशालामा स्ट्यान्डर्ड चार्टर्ड बैंकको भारतस्थित परिचालन टोलीका विज्ञहरूले प्राविधिक सत्र सञ्चालन गरेका थिए। उक्त सत्रमा वित्तीय अपराध जोखिम व्यवस्थापन, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को कार्ययोजनाअन्तर्गत नेपालको प्रगति, ग्रे लिस्टिङको प्रभाव, अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुपर्ने पाठ तथा अनुपालन संयन्त्रलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको थियो।

कार्यशालालाई वित्तीय जानकारी एकाइ, नेपाल राष्ट्र बैंक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकका अधिकारीहरूले सम्बोधन गरेका थिए। उनीहरूले सार्वजनिक–निजी साझेदारी, जोखिममा आधारित सुपरिवेक्षण, प्रभावकारी अनुसन्धान र उत्तरदायित्वमा जोड दिएर नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट बाहिर निकाल्न मद्दत पु¥याउनुपर्नेमा जोड दिएका थिए।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय संस्था प्रमुख राजकमल बस्नेतले वित्तीय अपराधसँग लड्न दिगो साझेदारी, निरन्तर सिकाइ र समन्वयात्मक प्रयास आवश्यक रहेको बताए। उनले यस पहलले समग्र क्षेत्रको क्षमता अभिवृद्धि गर्न र नेपालको वित्तीय अखण्डता तथा अनुपालन प्रणालीलाई सुदृढ पार्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले उक्त कार्यशाला पारदर्शी र लचिलो वित्तीय प्रणालीलाई सहयोग पु¥याउन आफ्नो निरन्तर प्रतिबद्धताको हिस्सा भएको जनाएको छ।