मुख्य सामग्रीमा जानुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक : महाधिवेशन समीक्षा मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। बैठकमा चितवनमा सम्पन्न पहिलो महाधिवेशनको समीक्षा मुख्य कार्यसूची हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बसेको यो बैठक चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठक हो।

बैठकको मुख्य कार्यसूचीमा महाधिवेशनको समीक्षा राखिएको छ। यसका साथै आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र समसामयिक घटनाक्रमबारे समीक्षा गर्ने कार्यसूची पनि रहेको रास्वपाले जनाएको छ।