मुख्य सामग्रीमा जानुहोस्

एनसीसी कतार बाट ११ औं महाधिवेशनमा भाग लिने आवेदकको संख्या ४ सय १२ पुग्यो

दोहा : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन तथा निर्वाचन आगामी अक्टोबर १७ -२० मा काठमाण्डौमा हुने तय भएको छ । संघको ११ औं महाधिवेशन हुने तय भएपछि बिश्वका विभिन्न ८१ भन्दा धेरै रास्ट्रमा…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

एनसीसी कतार बाट ११ औं महाधिवेशनमा भाग लिने आवेदकको संख्या ४ सय १२ पुग्यो

दोहा : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन तथा निर्वाचन आगामी अक्टोबर १७ -२० मा काठमाण्डौमा हुने तय भएको छ ।

संघको ११ औं महाधिवेशन हुने तय भएपछि बिश्वका विभिन्न ८१ भन्दा धेरै रास्ट्रमा फैलिएको गैरआवासीय नेपाली सङ्घले महाधिवेशनमा भाग लिन इच्छुक पञ्जीकृत सदस्य हरुलाई आबेदन दिनको लागि आग्रह गरेको थियो ।

सोहि क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारबाट ११औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा भागलिन इच्छुक भै आवेदन दिएका पार्षद सदस्यहरुको नामावली विवरण प्राप्त भएको जनाएको छ ।

कतारबाट एक सय पचासी जना प्रतिनिधि सहभागी हुन पाउनेमा जम्मा चार सय बाह्र जनाको आवेदन परेको र प्राप्त आवेदनहरु रुजुगरी आईसीसीको बिधान अनुसार प्राथमिकतामा परेका आवेदकलाई प्रतिनिधिमा सिफारिस गरिने जानकारी गराइएको छ ।

गैरआवासीय नेपाली सङ्घ दक्षिण एसियाली मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक अटाउन सक्ने गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो।  हालसम्म ८१ वटा देशमा यसका राष्ट्रिय समन्वय परिषद्हरू विस्तारित भएका छन्।

DELEAGATE_QATAR-1Download