आर्थिक वर्ष २०८२/८३ मा सरकारले सरकारी ऋणको साँवा भुक्तानी र सार्वजनिक संस्थानहरूमा लगानी (वित्तीय व्यवस्था) का लागि ३ खर्ब ४७ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेको छ। यो वार्षिक लक्ष्यको ९२.५६ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यसै शीर्षकमा ३ खर्ब २० अर्ब रुपैयाँ खर्च भएको थियो, जुन लक्ष्यको ८७.१४ प्रतिशत थियो।
यसैगरी, चालू आर्थिक वर्षमा सरकारले ३१ अर्ब २५ करोड ४१ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्यको ५८.५ प्रतिशत हो। अघिल्लो वर्ष सरकारले २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो, जुन लक्ष्यको ४४.३४ प्रतिशत थियो।
३१ असारसम्मको तथ्यांकअनुसार सरकारको कुल आम्दानी १२ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ छ भने कुल खर्च १५ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यसबाट सरकारी वित्त करिब ३ खर्ब ५८ अर्ब ६१ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो घाटा करिब ३ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ थियो।

