मुख्य सामग्रीमा जानुहोस्

चालु आवमा बाँकेमा ७ हजार ६५४ मेट्रिक टन रासायनिक मल वितरण

बाँके जिल्लाका सबै स्थानीय तहमा चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ७ हजार ६५४ दशमलव ७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । कम्पनीले मलको अभाव नरहेको दाबी गरेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
चालु आवमा बाँकेमा ७ हजार ६५४ मेट्रिक टन रासायनिक मल वितरण

बाँके जिल्लाका सबै स्थानीय तहमा चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ७ हजार ६५४ दशमलव ७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले यो जानकारी दिएका हुन् ।

वितरण गरिएको मलमध्ये सबैभन्दा धेरै युरिया ४ हजार ८१९ दशमलव ६ मेट्रिक टन रहेको छ भने डिएपी २ हजार ६२८ दशमलव ४५० र पोटास २०६ दशमलव ६५० मेट्रिक टन रहेको छ । कम्पनीसँग हाल ३५६ दशमलव १०० मेट्रिक टन युरिया, १०५ दशमलव ६५० मेट्रिक टन डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको श्रेष्ठले बताए ।

सबैभन्दा धेरै मल राप्तीसोनारी गाउँपालिकामा खपत भएको छ भने सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा भएको छ । धान रोपेको करिब २५ दिनपछि युरिया हाल्नुपर्ने भए पनि किसानले पछि अभाव हुने डरले अहिले नै माग गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले मलको अभाव नरहेको र वितरण प्रणालीमा कुनै समस्या नभएको दाबी गरेको छ ।