मुख्य सामग्रीमा जानुहोस्

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेप्से परिसूचक आज २१.१५ अंकले घटेर २६६३.१८ मा झरेको छ। १३ वटै उपसमूहको सूचक घट्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ कम्पनीको बढेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

आजको सेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अंकको गिरावटसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २१ दशमलव १५ अंकले घट्दै दुई हजार ६६३ दशमलव १८ विन्दुमा झरेको छ।

ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ। यो सूचक २ दशमलव ६६ अंकले तल झरेर ४६७ दशमलव ९६ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १ दशमलव ४० अंकले घटेर १८३ दशमलव ३३ मा र सेन्सेटिभ फ्लोट सूचक १ दशमलव ०८ अंकले घटेर १५८ दशमलव ५७ मा झरेको छ।

आजको बजार अवस्था

नेप्सेका अनुसार मंगलबार विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर खरिदबिक्री भएको छ। बजारमा चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको सूचक आज घटेको छ। आज ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ। यसैगरी पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

लगानीकर्ताको कमाइ र घाटा

आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेन्चर र गुडविल फाइनान्स लिमिटेड डिबेन्चरमा भने लगानीकर्ताले घाटा बेहोर्नुपरेको छ।