मुख्य सामग्रीमा जानुहोस्

बद्रीनाथबाट तीर्थयात्री लिएर उडेको हेलिकप्टर जोशीमठ नजिक सम्पर्कविहीन

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै तीर्थयात्री बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ। बद्रीनाथबाट देहरादुनतर्फ गइरहेको उक्त हेलिकप्टरमा छ जना सवार रहेको र खोजीका लागि अर्को हेलिकप्टर परिचालन गरिएको जनाइएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
बद्रीनाथबाट तीर्थयात्री लिएर उडेको हेलिकप्टर जोशीमठ नजिक सम्पर्कविहीन
Nagariknetwork

भारतको उत्तराखण्ड राज्यअन्तर्गत चमोली जिल्लाको जोशीमठ नजिकै एक हेलिकप्टर सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टरमा पाँच यात्रु र एक पाइलट गरी जम्मा छ जना सवार रहेको जनाइएको छ।

बद्रीनाथबाट तीर्थयात्री लिएर देहरादुनतर्फ जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको हेलिकप्टर हाथी पर्वत क्षेत्रमा पुगेपछि सम्पर्कमा नआएको बताइएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मौसम खराब रहेका बेला हेलिकप्टरसँगको सम्पर्क टुटेको जानकारी दिएका छन्। जिल्ला प्रशासनले अर्को हेलिकप्टरमार्फत खोजी अभियान सुरु गरेको उनले जनाएका छन्।

उत्तराखण्डका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ। मौसम थप प्रतिकूल हुने पूर्वानुमान गरिएपछि जिल्ला प्रशासनले तीर्थयात्रीको सुरक्षालाई ध्यान दिँदै सतर्कता बढाएको जनाएको छ।