मुख्य सामग्रीमा जानुहोस्

साढे पाँच महिनापछि धितोपत्र बोर्डले हिमपर्वत हाइड्रोपावरलाई दियो आईपीओ अनुमति

नेपाल धितोपत्र बोर्डले हिमपर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । गत वैशाखमा तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बाहिरिएपछि रोकिएको अनुमति प्रक्रिया साढे पाँच महिनापछि खुलेको हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
साढे पाँच महिनापछि धितोपत्र बोर्डले हिमपर्वत हाइड्रोपावरलाई दियो आईपीओ अनुमति
eKantipur

करिब साढे पाँच महिनाको लामो रोकावटपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिमपर्वत हाइड्रोपावर लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई अनुमति दिने निर्णय गरेसँगै रोकिएको आईपीओ स्वीकृति प्रक्रिया पुनः सुरु भएको छ ।

अनुमतिअनुसार हिमपर्वत हाइड्रोपावरले ५९ लाख १५ हजार कित्ता सेयर जारी गर्न पाउनेछ । कम्पनीको प्रतिकित्ता सेयरको अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ ।

गत वैशाखको पहिलो साता तत्कालीन बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पदबाट बाहिरिएपछि नयाँ आईपीओ जारी गर्ने अनुमतिको प्रक्रिया अड्किएको थियो । त्यसपछि सरकारले गत असारको पहिलो साता गोपाल भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्षमा भट्ट नियुक्त भएको साढे चार महिनापछि आईपीओ निष्कासनको अनुमति पाउने पहिलो कम्पनीका रूपमा हिमपर्वत हाइड्रोपावर लिमिटेड रहेको छ । कम्पनीले मंसिर २०८१ मै निष्कासन अनुमतिका लागि बोर्डमा निवेदन दिएको थियो ।